प्रियंकाले थापिन् आयुष्मानकी आमाको हातबाट दशैँको टिका



६ कार्तिक २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की नेपालकी नम्बर वान नायिका हुन् । उनी चलचित्रमा मात्र नभएर विज्ञापन र म्यूजिक भिडियोहरुमा पनि निकै सफल साबित भैसकेकी छिन् । नेपालभर दशैँको चर्को माहोल देखिरहेको बेला नायिका प्रियंका कार्कीलाई पनि दशैँले खुब छोएको छ । यसबर्ष उनको दशैँ अन्य बर्षको तुलनामा विशेष बन्न गयो ।

उनले केहिसमय अघिमात्र नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यसैले उनले यसपालीको दशैँमा आफ्ना बाबुआमाको हातबाट मात्र नभएर आयुष्मानकी आमाको हातबाट पनि टिका थाप्न पाइन् ।

उनी आफ्नो घरमा मात्र नभएर आयुष्मानको घरमा पनि खुब रमाएकी थिइन् । त्यतिमात्र नभएर प्रियंकाले रबिनासँगको दशैँको फोटो सामाजिक सञ्जालमा पनि पोष्ट गर्न भ्याएकी छिन् । यसपालीको दशैँमा प्रियंकाले मात्र नभएर आयुष्मानले पनि प्रियंकाका आमाबुबाको हातको टिका थापे । आयुष्मान र प्रियंका आउँदो असारमा विवाह गर्ने तयारीमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्