कथा काठमाडौंको ट्रेलर सार्वजनिक : झनै बोल्ड देखिईन् प्रियंका



१७ भदौ २०७५, काठमाडौं

चलचित्रको पहिलो गीतमा नै नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको बोल्ड दृश्यका कारण निकै चर्चा र आलोचना कमाएको चलचित्र ‘कथा काठमाडौं’को ट्रेलर रिलिज भएको छ । जसमा गीतमा जत्तिकै थप बोल्ड दृश्य समावेश छन् ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा काठमाडौंमा टिक्नका लागि युवा युवतीले पैसाको लागी मान्छे बेच्न र सर्वस्व सुम्पिन तयार हुनुपर्नेसम्मको कथा देखाईएको छ । सार्वजनिक ट्रेलरमा प्रियंका र प्रमोदको साथमा सन्ध्या केसी, सञ्जोग कोईराला, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीलाई देख्न सकिन्छ ।

आगामी असोज १२ बाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाडौं’लाई बिजय राईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्