सनी लियोनी नेपाली चलचित्रमा देखिदैँ, उनको हिरो अनुप



०६ भदौ २०७५, काठमाडौँ

नेपालका चर्चित नायक अनुप व्रिक्रम शाही र भारतकी निकै बोल्ड नायिका सनी लियोनी अब एकसाथ चलचित्रमा देखिने भएका छन् । अनुपको त फ्यानहरु धेरै नै छन् तर भारतीय नायिका भएपनि नेपालमा पनि सनी लियोनीलाई मन पराउने मानिसहरु अत्याधिक मात्रामा छन् ।

सनी लियोनीका नेपाली फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ । सनी लियोनी अब पासवर्ड नामक एक नेपाली चलचित्रमा देखिने भएकी छिन् । अधिकांश सुटिङ लण्डनमा गरिने चलचित्र पासवर्डमा सनी र अनुपका साथमा छुल्ठिम गुरुङ, रबिन्द्र झा र प्रविन खड्का लगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहने छ ।

भारत र नेपालको सहकार्यमा निर्माण गर्न लागिएको चलचित्रमा छायांकनका अधिकांश सामान भारतबाट नै ल्याइने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्