यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो



०३ असार २०७५, पोखरा

यति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिएका छन् ।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

उनका अनुसार लोकचन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्