संगतको प्रभाव ज्यादै शक्तिशाली हुन्छ : सुदेश पराजुली



काठमाडौं, १८ वैशाख/ एटम शर्मा

महाभारतबाट ( संगत कस्तो गर्ने/ कस्को गर्ने ) जीवन कस्तो बनाउने, त्यो स्वमं आफैले गर्ने निर्णयमा भर पर्दछ ।
भीष्म पितामह मृत्यु शैयामा थिए । त्यतिखेर पनि उनले आफ्ना शिष्यहरुलाई ज्ञान विज्ञान र अध्यात्मको विषयमा प्रवचन दिँदै थिए । उनको प्रवचन सुन्ने शिष्यहरु मन्त्रमुग्ध हुँदै थिए । प्रवचनबाट प्रभावित हुँदै थिए ।

त्यत्तिकैमा द्रौपदी भने उपहासको हाँसो गर्दै थिइन् । यो देखेर भीष्म पितामहको मनमा अनेकौं प्रश्न र कौतुहल जाग्न थालेछ र भीष्म पितामह आफ्नो प्रवचनको धारालाई पूर्ण विराम दिन्छन् । त्यो दिनको लागि प्रवचन सकिन्छ । सबैजना आ–आफ्नो बाटो लाग्छन् र भिष्म पितामहले द्रौपदीलाई एकैछिन रोकिदिनुस् भनी अनुरोध गर्छन् । र पितामहले द्रौपदी उपहासको हाँसो हुनुको कारण सोधे ।

द्रौपदी मुख खोल्न बाध्य भइन् । द्रौपदीले आफ्नो हाँस्नुको रहस्य खोल्न थाले- “युधिशिष्ठर कौरवहरुको छलकपट जुवाखेलमा हारिसकेका थिए र जुवामा हारिसकेकासँग केही हुँदैन । फेरी युधिष्ठिरलाई जुवा खेल्न बाध्य पारियो र मलाई पुनः दाउमा राख्न लगाइयो । के यो गर्नु न्यायसंगत थियो ? के यो गर्नु मानवीय काम थियो ? पक्कै थिएन । उफ ! त्यतिखेर हजुरको यो ज्ञान कता लुकेको थियो । त्यतिखेर केही बोल्नु भएन, चुप रहनुभयो । आज फेरी ज्ञानका, न्यायका, मानवताका प्रवचन दिँदै हुनुहुन्छ । यसकारण म हाँसेको हुँ ।”

द्रौपदीको रहस्य बुझेपछि भीष्म पितामहले पनि आफ्नो रहस्य खोल्न थाले- “द्रौपदी म त्यतिखेर दुर्योधनको संगतमा थिएँ । दुर्योधनको अन्न खान्थे, पिउँथे, ऊसँग हिंड्थे, डुल्थें । यसो गर्दा मेरो बुद्धि पनि लगभग भ्रष्ट भैसकेको थियो । यसरी भ्रष्ट नभएको मान्छे पनि भ्रष्ट मान्छेको संगत गर्दा, भ्रष्ट मान्छेको अन्न खाँदा, पिउँदा ऊ पनि भ्रष्ट हुँदै जाँदोरहेछ । यही प्रभावले गर्दा म त्यतिखेर बोल्ने स्थितिमा थिइनँ ।

तर आज दुर्योधनको अन्न खाइखाई बनेको मेरा रगत अर्जुनको वाणहरुले बगाईसकेको छ । यसकारण म यसरी ज्ञान, विज्ञान र अध्यात्मको प्रचवन दिने थाले ।” हेर्नोस् मित्र, भीष्म पितामह जस्ता शुरवीर पुरुषले पनि भ्रष्ट मान्छेको संगत गर्दा, भ्रष्ट मान्छेको अन्न खाँदा भ्रष्ट होइन्छ भन्ने कुरा स्वीकार्छन् । संगतको प्रभाव ज्यादै शक्तिशाली हुन्छ ।

चाहे तपाईं चोरको संगत गर्नुस्, चाहे साधुको संगत गर्नुस् । तर प्रभाव जरुर पर्छ । अब निर्णय तपाईको हातमा छ । पाइला कस्तासँग उठाउने । उठबस कस्तासँग जोड्ने ती सबै आफ्नो हातमा छ । तपाईं के बन्न चाहनुहुन्छ ।

(अनेरास्ववियु केन्द्रीय सचिव सुदेश पराजुलीको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्