कोशीमा प्रदेशसभा अधिवेशन आह्वान



काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थिए ।

सोही अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्