तिमीजस्तो दिलको बिरामी मैले नै हेर्ने हो



काठमाडौं, २१ चैत

गजल 

केको डाक्टर-वैद्य, केको धामी, मैले नै हेर्ने हो !
तिमीजस्तो दिलको बिरामी मैले नै हेर्ने हो !!

नलजाइकन फुकाऊ समस्याको पोको,
कहाँ के कस्तो छ छामी-छामी मैले नै हेर्ने हो !

उपचार सामाग्री पनि त निर्क्योल गर्नैछ,
कत्ति कमशल कत्ति दामी मैले नै हेर्ने हो !

के पर्ला के नपर्ला, बिल्कुल चिन्ता नगर्नू,
पर्नसक्ने नामी-बद्नामी मैले नै हेर्ने हो !

-नारायण नेपाल

प्रतिक्रिया दिनुहोस्