यी यस्तै गरी जिन्दगी सादा हुँदैछ 



काठमाडौं, १९ चैत

गजल 

सोच्छु घरी घरी जिन्दगी सादा हुँदैछ

बेलुनको हावा सरी जिन्दगी सादा हुँदैछ

कहिले जोड कहिले घटाउ नतिजा शुन्य

भएर संधै बराबरी जिन्दगी सादा हुँदैछ

जवानी सिध्दिएर ऐलाएको पात नियाल्छु

लाग्छ यी यस्तै गरी जिन्दगी सादा हुँदैछ

सोच्छु घरी घरी जिन्दगी सादा हुँदैछ

बेलुनको हावा सरी जिम्दगी सादा हुँदैछ

– एटम

साहित्यघर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्