भूगोल केन्द्रीय विभागले माटोको परिक्षण र व्यवस्थापन सम्बन्धि एकहप्ते तालिम दिने



काठमाडौं । देशको एक प्रमुख शैक्षिक गन्तब्यको रुपमा रहेको, भौगोलिक बिज्ञानको केन्द्र, त्रिभुवन बिश्वबिद्धालयको एक पुरानो तथा जेठो बिभाग, भूगोल केन्द्रीय विभागले माटोको नियमित परिक्षण र प्रयोशाला गुणस्तर व्यवस्थापन सम्बन्धि एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिमको आयोजना गरेको छ ।

विभागमामा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरुगरी २० जना सहभागी हुने उक्त तालिमले देशमा आबस्यक बिज्ञ उत्पादनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। तालिममा माटोको परीक्षण गर्ने सिपको विकास गरि सहभागीहरुलाई माटो सम्वन्धी अनुसन्धान गर्ने विधिको वारेमा अभ्यस्त पार्ने उद्देश्य रहेको छ ।

कीर्तिपुर स्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा केदारप्रसाद रिजालले देशका लागि अनुरकणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले तालिममा सहभागीहरुलाई सिप र क्षमताको विकासगर्दै अनुसन्धानमा केन्द्रीत हुन आग्रह गरेका थिए । तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो मिहनेतलाई बढावा दिन र उपलब्ध स्रोत र साधनको सकरात्मक उपयोग गरी क्षमता विकास गर्न सबैलाई अनुरोध गरे । आफ्नो सिप, क्षमता र ज्ञानप्रति सधै प्रश्न गर्दै आफूलाई परिस्कृत बनाई अव्बल क्षमता हासिल गर्न सक्ने भन्दै उहाँले विज्ञहरुलाई आफ्नो क्षमतानुसार व्यवहारिक ज्ञान आर्जनमा, तालिममा सहभागीहरुलाई सहयोग गरिदिनुहुन समेत आग्रह गरे । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा ध्यानेन्द्र बहादुर राईले सहभागीहरुको सक्रियताबाट मात्रै तालिमबाट उपलब्धी हासिल हुन सकिने भन्दै प्रविधिको अधिकतम प्रयोग मार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गरे ।

भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेशकुमार मण्डलले २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा “साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी” परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परिक्षणमा क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिए ।

माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र वायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डेले तालिममा विज्ञको रुपमा सहभागी हुनुहुन्छ । तालिम माटोका पिएच मान, टेक्स्चर, पोटासियम फोसफरस, ,नाइट्रोजन, अर्गानीक म्याटर लगायतका १६ विविध पक्षहरुको परिक्षण गर्ने विधिमा केन्द्रीत रहनेछ ।

पछिल्लो समयमा त्रिभुवन बिश्वबिद्धालय मा विद्यार्थी संख्या घटदै गए पनि भुगोल पढ्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ। देश र माटो चिनाउने, प्राबिधिक ज्ञान प्रदान गर्ने, उच्च स्तरको अनुसन्धान सीप सिकाउने, विभिन्न बिश्वबिद्धालय सँगको सम्बन्ध र उच्च शिक्षामा प्रसस्त छात्रवृत्ति सहित वैदेशिक अध्ययनको अबसरका कारण भुगोल प्रतिको आकर्षण बढेको बताउँछन हाल चाईनिज एकेडमी अफ साईन्सेसमा पुर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरिरहेका भुगोल विद्यार्थी समाजका पुर्व अध्यक्ष लिलाधर सापकोटा ।

प्रतिक्रिया दिनुहोस्