चन्दननाथ नगरपालिका नगर शिक्षा योजना निर्माणमा जुट्दै



चन्दननाथ नगरपालिका नगर शिक्षाको पञ्चवर्षीय योजना निर्माण बनाउनमा जुटेको छ । नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चवर्षीय नगर शिक्षा योजना बनाउन थालेको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।

नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ । उनले भने, “नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा नौ सदस्यीय मूल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलागाईंको नेतृत्वमा छ सदस्यीय कार्यदल समिति गठनसमेत गरिएको छ ।” अहिले नगर योजनाको मस्यौदा तयार भएको छ ।

नगर योजनाले पाँच वर्षको शैक्षिक अवस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधानुपर्ने विषय मुख्य रुपमा समेटिने भएको छ । नगर योजनाले नगरपालिकामा शिक्षा सुधार गर्नका लागि आवश्यक बजेट, खर्च र आगामी योजनाको विषयले महत्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख कठायतले जानकारी दिए ।

नगरको शिक्षालाई सुदृढ गर्न प्रभावकारी योजना बनाउन नगरपालिकाका लागि परेको छ । शिक्षा नै विकासको पहिलो आधार भएकाले नगर शिक्षा योजनाले कसरी गुणस्तरीय र राम्रो गर्ने सकिन्छ भन्ने विषयमा सहयोग पुग्ने नगर प्रमुख कठायतले जानकारी दिए । नगर शिक्षाको मस्यौदामा छुटेका विषय पनि समावेश गर्ने सकिने नगरपालिको शिक्षा शाखाले जनाएको छ । नगरभित्र २७ विद्यालय रहेका छन् । पैतीस सङ्घीय सरकारका र चार स्थानीय सरकारका गरी ३९ बालविकास केन्द्र नगरपालिकाभित्र सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्