नेपाली काङ्ग्रेस भित्रको विवाद र गठबन्धनको भविष्य



काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधामन्त्री शेर बहादुर देउवाले काङ्ग्रेसको विधान विपरीत कार्य गरेको भनेर शेखर कोइराला समुह विरोधमा उत्रिएका छन् । शेखर कोइराला समुहको रणनीति देउवालाई दवाव दिने र पार्टीमा आफ्नो स्थान बलियो बनाउने देखिन्छ । नेपाली काङ्ग्रेसको केन्द्रिय कमिटीमा प्रधानमन्त्री शेरबहादुर देउवाको बहुमत रहेको छ । गतबर्ष भएको काङग्रेसको अधिवेसनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा करिव ८० प्रतिशत सदस्यहरु रहेका थिए । देउवाले बहुमतको आधारमा पार्टीभित्र आफ्नो अनुकुल निर्णय गराउन सक्छन र शेखर कोइराला समुहलाई पेलेर जान सक्छन । यहि डरको कारण शेखर समुह पार्टीमा आफ्नो स्थान सुरक्षित बनाउन चाहन्छ । यसरी हेर्दा असन्तुष्ट पक्षहरुको दवाव पार्टीभित्र प्रभावकारी देखिदैन । पार्टीमा आफ्नो पक्षमा करिव ४० प्रतिशत रहेको शेखर समुहको दावी रहेको छ ।

नेपाली काङ्ग्रेस अहिले आफ्नै पार्टीको आन्तरीक कलहमा जेलिएको छ । पार्टीको आन्तरीक द्धन्दले पार्टी भित्र गुट उपगुट निर्माण भएको छ । काङ्ग्रेसका बरिष्ठ नेताहरु आफ्नै गुटको भेला गरिरहेका छन् । पार्टी भित्रको विवाद चर्कदै गएर सतहमै देखा पर्न थालेको छ । भर्खरै सम्पन्न भएको केन्द्रिय कमिटीको बैठकमा शेखर समुह चर्को विरोधमा उत्रिएको थियो । उनिहरुको माग पार्टी विधान अनुसार सभापति देउवा नचलेको र उनले एकलौटी पाराले पार्टी सन्चालन गरेको भन्ने थियो । सरकारले कुनैपनि ठोस काम नगरेको र भ्रष्टचारलाई बढावा दिएको उनिहरुको आरोप छ ।

प्रधानमन्त्री देउवा यो गठबन्धनलाई आगामी निर्वाचन सम्म टिकाउने पक्षमा छन् । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले पहिलो स्थान हासिल गरेको थियो । गठबन्धनले नेपाली काङ्ग्रेस र माओबादीलाई उसले सोचे भन्दापनि राम्रो नतिजा दिएको हुनाले प्रचण्ड पनि गठबन्धनबाट अलग हुन चाहदैनन् । तर काङ्ग्रेस पार्टी भित्र शेखर गुट भने गठबन्धनबाट काङ्ग्रेसलाई फाईदा नभएको दावी गर्दछन् । पार्टीको करिव ४० प्रतिशत सदस्यहरुलाई बेवास्था गरी देउवा एक पक्षिय रुपमा अघि बढेको हुनाले हामीले सभापतिलाई सचेत गराउन विरोध गरेका हौ शेखर समुहका एक सदस्यले बताएका थिए ।

नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेवि संघले सानेपा स्थित पार्टीको केन्द्रिय कार्यालय अगाडि नारावाजी गरेका थिए । उनिहरुको माग सभापति देउवाले कोइराला पक्षका सदस्यहरुलाई पाखा लगाउने काम बन्द गर्नु पर्ने र पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने थियो । यद्यपि, प्रधानमन्त्री देउवा जसरी भएपनि यो गठबन्धन जोगाउने र आगामी चुनावमा काङ्ग्रेसलाई सवैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरेका छन् ।

कोइराला पक्षले देउवाको यो कदमलाई रोक्न आफ्नो गुटको भेलालाई तिव्र बनाएका छन् । गतबर्ष माघ महिनामा भएको अधिवेसनमा शेखर कोइराला थोरै मतले मात्र देउवासँग पराजित भएका थिए । यसले के देखाउछ भने पार्टीभित्र देउवासँग असन्तुष्ट सदस्यहरु उल्लेख्य संख्यामा रहेका छन् । जो केन्द्रिय कमिटीमा शेखर समुहको कमजोर भूमिका रहेपनि आगामी निर्वाचको मत परिणाम मा केहि मात्रामा प्रभाव पार्ने जानकारहरु बताउछन् ।

पछिल्लो समयमा देउवा सरकारले अमेरिकी रणनीतिक कार्यक्रम एस पीपी सम्झौता गर्ने पत्र बाहिरिए पछि सरकारको तिव्र आलोचना भएको थियो । प्रतिपक्ष लगायत आफ्नै पार्टीका बरिष्ठ नेताहरुले यसको चर्को विरोध गरेका थिए । यो अमेरिकाको इण्डो प्यासेफिक रणनीति अन्तरगत रहेको कार्यक्रम भएको हुनाले नेपालले यसमा सहमति जनाउनु हुदैन भन्ने आम धारण रहेको थियो । सरकारको चर्को विरोध भएपछि देउवा यस सम्झौताबाट देउवा पछि हटेका थिए । सरकारले यस कार्यक्रमा सहभागी नहुने भनेर मन्त्रीपरिषदले निर्णय गर्यो तर हालसम्म पनि अमेरिकालाई कुनै पत्रचार गरिएको छैन । गृहमन्त्रीले संसदमा अमेरिकालाई पत्र पठाईसकेको भनेपछि संसद सदस्यहरुले अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्नुपर्ने माग राखेका थिए । उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्न प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तय भएको भन्ने एक थरिको भनाई रहेको छ । अहिले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार र पार्टी मनपरी ढंगले सन्चालन गरेको र पार्टीको विधान विपरीत आफ्नो पक्षका मान्छेहरुलाई मात्र पार्टीको इकाईहरुमा नियुक्ति गरेको र सरकारले एक पछि अर्को गल्तीहरु देहो¥याउदै गएको भनेर संसदमा उनकै पाटीका महासचिव गगन थापाले देउवाको निर्णयहरु सच्याउनु पर्ने जोडदार माग राखेका थिए । बजेट निर्माणमा नेपाली काङ्गे्रसको भूमिका गौण बनाएको र मध्ये रातमा विदेशी ब्यक्तिहरुलाइ लगेर करका दरहरु परिवर्तन गरेको , नेपाली उद्योगधन्दाहरुलाई हतोत्साहित गर्ने नीति ल्याएको समित ब्यक्तिहरुलाई मात्र फाईदा पुग्नेगरी सरकारले कर लगाएको र उत्पादान भन्दा आयातलाई पे्रात्साहन गरेको आदि सरकारको अलोकप्रिय निर्णयहरुले गर्दा पार्टीभित्र काङ्ग्रेस कमजोर बन्दै गएको छ । यसले देउवालाई आफ्नै पार्टीभित्र अलोकप्रिय बनाउदै लगेको छ । उपसभामुखको निर्वाचनलाई लिएर काङ्ग्रेस पार्टी भित्र पनि विवाद सुरु भएको छ । यसरी हेर्दा प्रधानमन्त्री देउवाको आगामी दिन त्यति सहज हुने छैन ।

गठबन्धन सरकारले अन्तराष्ट्रिय बजारमा भएको मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने कुनै प्रयास गरेन । बजारभाउ दिन प्रतिदिन बृद्धि हुदै गैरहेको अवस्थामा गठबन्धन सरकार प्रति जनताको आक्रोस बढेको छ । ठुला ब्यापारी र भ्रष्टचारलाई संरक्षण गरेको भनेर सरकारको चौतफी विरोध भएको छ । यसले आगामी चुनावमा यही गठबन्धन कायम रहेपनि जनताले भोट दिन्छन भन्नेमा काङ्ग्रेसका नेताहरु ढुक्क हुन सकेका छैनन् । नेकपा समाजबादीले गठबन्धनले हामीलाई सम्मानजनक स्थान नदिएको भनेर असन्तुष्टि जनाईरहेको छ । यसरी हेर्दा आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने सम्भावन न्युन रहेको छ । गठबन्धन कायमै रहेपनि आर्थिक कठिनाईरुलाई सरकारले उचित रुपमा सम्वोधन गर्न नसकेकोले निर्वाचन परिणम गठबन्धनको पक्षमा जादैन भन्ने एक पक्षको भनाई रहेको छ । प्रधानमन्त्री देउवा गठबन्धन सरकार जोगाउन पटक पटक मन्त्रीपरिषद हेरफेर गरिरहेका छन ।

नेपाली काङ्ग्रेसमा अहिले देखिएको आन्तरीक कलह प्रधानमन्त्री देउवाको निर्णयको परिणाम हो । बरिष्ठ नेताहरुमा आफ्नो स्थान पार्टीमा कसरी स्थापित गर्ने होडबाजी नै चलिरहेको छ । देउवासँग असन्तुष्ट कतिपय सदस्यहरु केन्द्रिय कमिटीमा देउवाको बहुमत रहेको हुनाले खुलेर विरोध गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री देउवाले गत बुधवार पार्टीको विधान संसोधन गरेर भएपनि फेरि सभापति बन्ने भनेपछि विवाद झन बढेर गएको छ । नेपाली काङ्ग्रेसको विधानमा दुई कार्यकाल सभापति भैसकेको ब्यक्ति अर्कोचोटि सभापतिको उमेदवार बन्न सक्तैन भनी उल्लेख गरिएको छ । देउवाले धेरैजसो मन्त्रायहरुमा मन्त्री नियुक्त नगरी आफैसँग राख्नुले पनि देउवालाई पाटीभित्रबाट निकै ठुलो दवाव आएको बुझ्न सकिन्छ । काङ्ग्रेसका कतिपय सदस्यहरु मन्त्रीपद पाउने आशामा देउवाको खुलेर विरोध गर्न सकिरहेका छैनन् । यसले आगामी चुनावमा प्रभाव पार्न सक्छ भन्ने विश्लेषकहरुको धारणा रहेको छ ।

अन्तमाः गठबन्धन सरकार अहिले काङ्ग्रेस र माओबादीको बाध्यता बनेको अवस्था छ । काङ्ग्रेस माओबादी र नेकपा समाजबादी एक्ला एक्लै चुनाव मा जाने पक्षमा छैनन किनकी गठबन्धन गरेर निर्वाचनमा जादा पनि नेकपा एमाले बलियो प्रतिस्पधी बनेको थियो । शेखर पक्ष भने आगामी चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैनन् । जसले उनिहरुको पकड क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई चुनाव जित्न त्यति सजिलो भने हुने छैन । असन्तुष्ट शेखर समुहले केन्द्रिय तहमा दवाव बढाउदै लगेमा यो गठबन्धन सरकार आगामी चुनावसम्म जाने अवस्था नरहन पनि सक्छ किनकी पार्टीका प्रभावशाली नेता तथा उपाध्यक्ष विमलेन्द्र निधी र प्रकाशमान श्रेष्ठ पनि देउवाको विरोधमा अभिब्यक्ति दिइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्