साउनमा एक खर्ब ७१ अर्बको व्यापार



चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७र७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो ।

आव २०७७÷७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०।६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७र७८ मा कूल रु १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७र७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।

चालू आवको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा रु एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भारतबाट नेपालमा रु ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट रु १६ अर्ब ८६ करोड बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट रु २० अर्ब ९७ करोड बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै रु आठ करोड बराबरको निर्यात भएको छ ।

विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्