बिक्न थाल्यो कुखुराका लागि धुलो दूध



कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।

दुग्ध विकास संस्थान ९डीडीसी०का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसी बाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ ।”

अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एकरएक केजीको पोका बनाउने काम भइरहेको छ । सोमबार वा मङ्गलबार उक्त दूध लैजाने तय भएको उनले जानकारी दिए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा।राजेन्द्र यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिएका थिए ।

दूध बिक्रीका लागि अन्य बजारको पनि खोजी भइरहेको उनले बताए हाल नेपाली बजारमा कुखुराका लागि दाना र खोपमा दैनिक २७ सय मेट्रिक टनभन्दा बढी धुलो दूध खपत हुँदै आएको छ । उक्त माग आन्तरिक बजारबाटै धान्न र दूध किसानको भुक्तान दिन स्वदेशी नै धुलो दूधको प्रयोगका लागि आग्रह गरिएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्