आजभोलीको लाइभ दोहोरीलाई किन दाजिदैँ छ त भिटेनको र्यापसँग ?



पछिल्लो समय दोहोरीमा मौलिकता, मौलिकपन लगभग हराएको जस्तै देख्न सकिन्छ । भ्यूजको लागि छाडा दोहोरी गाउने प्रचलन बढि देख्न सकिन्छ । भ्यूजको आधारमा राम्रो भएतापनि आउने भावी पुस्ताको लागि त्यो नकरात्मक हुन सक्छ । दोहोरी भने सबै पारिवारिक रुपमा सुन्ने र हेर्ने गीत हो । तर अहिले लाइभ दोहोरी भिटेनको र्याप जस्तै बन्न थालेका छन् ।

दुःख–सुखका कुरा, परदेशिएका दाजुभाईका पिडा, गरिबीको चपेटामा परेका वास्तविक जीवनमा आधारित लाइभ दोहोरी एकदमै कम गाइन थालेका छन् । यस्तै क्रम बढ्ने हो भने लोकदोहोरी क्षेत्र कता मोडिन्छ अड्कल गर्न सकिन्न । त्यसैले हामीले आफ्नो धर्म, संस्कृति, परम्परा र समाजको यथार्थ चित्रण गर्ने खालका वास्तविकतामा आधारित गीतहरुको सिर्जना गर्न आवश्यक देखिन्छ ।

यसैक्रममा हाम्रो परिवर्तन दोहोरी मार्फत आजको एपिसोडमा परदेशिएको श्रीमान र घरमा घरव्यवहार सम्हालेर बसेकी श्रीमतीबिच हुने संवादको दोहोरी लिएर आएका छौँ । कविता लामा र डेकेन्द्र बि.सि.ले गाउनु भएको छ । कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।

पुरा भिडियो हेर्नको लागि तलको लिङ्क थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्