बेहुलीले बेहुलालाई मण्डपमा छोडेर अन्तरवार्ता दिन गएपछि…….



एजेन्सी । भनिन्छ नि आफ्नो सपना पुरा गर्नु सवैलाई रहर हुन्छ, अनि आफ्नो लक्ष्य हाँसिल गर्नलाई आतुर ! सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तर्वार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो ।

भारत रामनगरमा गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् ।

प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् । परामर्श मिति तय भएका कारण उनले विवाहका धेरै रित छोडिन् । उनले पतिसँग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् ।

प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन्। प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो। प्रज्ञा भन्छिन् कि उनलाई विवाहभन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मण्डपमा उनको प्रतिक्षामा छोडेर कामको खोजीमा आइन् ।

विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।

प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् । उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् । आफूलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।

आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तर्वार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्