जब प्रहरीले डेढ वर्षकी बालिकाको अनुहार र शरीरमा चुरोटले पोलिदिए…..



भारतको छत्तिसगढको बालोद जिल्लामा डेढ वर्षकी बालिकाको अनुहार र शरीरलाई चुरोटले पोलिदिने प्रहरी अधिकारी अविनाश रायलाई जागिरबाट बर्खास्त गरिएको छ ।
प्रहरीका अनुसार घटना कुन परिस्थितीमा भयो, त्यसको अनुसन्धान भइरहेको छ ।

के हो आरोप ?

अभियुक्त अविनाश राय बालोद जिल्लाको सिवनीमा भाडामा बस्दथे । त्यहाँ उनी आफ्नो सामान लिन जाँदा राती घरबेटीकी डेढ वर्षकी बालिकालाई आफूलाई पापा भन्न लगाए ।

प्रहरीका अनुसार जब बालिकाले उनलाई पापा भनिन् तब अभियुक्तले उनलाई चुरोटले ठाउँ–ठाउँमा पोलिदिए ।

प्रहरीका अनुसार बिहिबार राती साढे १० बजे आसपास पीडित बालिकाकी आमाले ऊजुरी दर्ता गरिन् ।

बालिकाले समयमै पाइनन् उपचार :

प्रहरीले बिहीबार रिपोर्ट दर्ता गरेको थियो तर प्रहरीका अनुसार शनिबार बेलुकासम्म बालिकाको कुनै उपचार हुन सकेको थिएन । घटना जब मिडियामा आयो तब शनिबार बालिकालाई उपचारका लागि बालोद जिल्ला अस्पाताल र त्यसपछि रायपुरको सरकारी अस्पताल पठाइयो तर रायपुरमा पनि अबेर सम्म बालिकाको उपचार सुरु हुन सकेको थिएन ।

बीबीसीका अनुसार रिपोर्ट दर्ता भएको भोलिपल्ट अर्थात् शुक्रबार बेलुका जवाहरलाल नेहरु अस्पतालमा बालिकाको उपचार गरिएको थियो ।

त्यहाँको दस्तावेजमा दिइएको सुरुवाती जानकारी अनुसार भात पकाउने बेला तातो पानीको छिट्टाले बालिकाको शरीरको केही हिस्सा जलेको थियो ।

अस्पतालको दस्तावेजमा पीडित बालिकाको नाम ठेगाना र जुन फोन नम्बर दिइएको छ, त्यो बर्खास्त प्रहरीको बताइँदैछ ।

घटना शंकास्पद :

पीडित बालिकाकी आम लोक गायिका हुन् र पछिल्लो थुप्रै वर्षदेखि विभिन्न संघ संगठनसँग आबद्ध भएर काम गरिरहेकी छिन् । पीडित बालिकका पिता नागपुरमा बस्छन् र बालिका आफ्नी आमासँग बस्छिन ।

पीडित बालिकाकी आमाले भनिन् यसै वर्ष जून १९ मा मेरी १४ वर्षकी छोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि अब कान्छी छोरीमाथि पनि यस्तो भयो ।

उनले उपचारका लागि आरोपीसँग शुक्रबार ने अस्पताल पुगेको स्विकार गरिन् । आमाले बालिका जलेको विषयमा सुरुमा भातको माड पोदिउका कारण बालिका जलेको बताएकी थिइन् । तर पछि बर्खास्त प्रहरीले रक्सीको नशामा चुरोटले बालिकालाई पोलिदिएको स्विकार गरिन् ।

प्रतिक्रिया दिनुहोस्