फेरि आमा बन्न चाहन्छिन् माही, तर पति जयले नमानेपछि सम्झाउन फ्यानलाई गरिन् अनुरोध



जय भानुसाली र माही भिज भारतीय टेलिभिजनका रुचाइएका कलाकार हुन् । यी दुईको जोडीलाई फ्यानले खुब रुचाउने गरेका छन् । जय र माहीले लामो समयको प्रेमपछि विवाह गरेका थिए । यी दुईकी १ बर्षकी छोरी तारा पनि छिन् ।

अब माही फेरि आमा बन्न चाहन्छिन् । उनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएकी छिन् । तर माहीले अर्को बच्चाको लागि उनका पति जय भानुशाली तयार नभएको भन्दै गुनासो पोखेकी छिन् ।

माहीले तारा अब हुर्किसकेको र आफूलाई अर्को बच्चा चाहिएको बताएकी छिन् । उनले फ्यानलाई जयलाई यसबारे फकाइदिनलाई अनुरोध गरेकी छिन् । उनले जयको इन्ष्टाग्राम आइडीमा गएर सबैले यसबारे कमेन्ट गर्न आग्रह गरेकी छिन् ।   

प्रतिक्रिया दिनुहोस्