‘बिगबोस १४’ मा सलमानले आफ्नो विवाहबारे गरे यस्तो खुलासा…



बलिउड अभिनेता सलमान खानले बिगबोस १४ को पहिलो विकेन्डका वार को एपिसोडमा आफ्नो विवाहबारे खुलासा गरे । सलमानले सधैँ नै विवाहको प्रश्नको कारण आफू वाक्क हुने बताए ।

उनले आफ्नो विवाह गर्ने उमेर बितिसकेकाले अब विवाह गर्ने सोच नै नभएको समेत बताए । बिगबोस को हरेक सिजनमा सलमान प्रतिस्पर्धीहरुसँग निकै खुलेर कुरा गर्ने गर्छन् । कुरै कुरामा उनले सन् २०११ मा आफू केटी हेर्न गएको तर चित्त नबुझेर विवाह नगरेको बताए ।

सलमान बिगबोस को मञ्चमा मात्र नभएर विवाहको प्रश्न आउँदा सधैँ नै आफ्नो विवाह गर्ने कुनै सोच नरहेको बताउँदै आएका छन् ।   

प्रतिक्रिया दिनुहोस्