विवादमा तानियो राजेश हमालको कार्यक्रम जातको प्रश्न, यस्तो छ विवादित बन्नुको कारण…



महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम जातको प्रश्न विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा यस कार्यक्रमको निकै विरोध भैरहेको छ ।

महानायक भएर पनि कार्यक्रम मार्फत राजेश हमालले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लागेको छ । यतिबेला सामाजिक सञ्जालमा राजेश हमालले हिन्दु समाजसँग माफी माग्नुपर्ने माग उठिरहेको छ ।

त्यतिमात्र नभएर राजेश हमालको पुत्ला जलाएर समेत उनको आलोचना गरिदैँ छ । यद्यपि हमालले अहिलेसम्म यसबारे कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै  आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्