नेहापछि आदित्यले सार्वजनिक गरे प्रेमिका, यहि बर्ष गर्दैछन् विवाह



यतिबेला सामाजिक सञ्जालमा बलिउड गायिका नेहा कक्करको रोहनप्रितसँगको प्रेमको चर्चाले हगांमा मच्चाइरहेको छ । उनीहरुको विवाहको मिति समेत सार्वजनिक भैसकेको छ । भारतीय मिडियालाई मान्ने हो भने नेहा र रोहनप्रितले यहि अक्टोबर २४ मा विवाह गर्दैछन् ।

नेहापछि अब आदित्यले पनि आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । हालै एक मिडियालाई दिएको अन्तवार्तामा आदित्यले स्वेता अग्रवालसँग आफ्नो प्रेम भएको स्वीकार गरेका छन् । उनले लामो समयदेखि आफू स्वेताको प्रेममा रहेको खुलाएका छन् ।

आदित्यले उनका आमाबुबालाई पनि स्वेता निकै मन परेको र सम्भवत यहि नोभेम्बर–डिसेम्बरमा आफूले विवाह गर्ने खुलाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्