रियाका समर्थकको भनाई :‘लाज लाग्दैन ? एउटी युवतीको जीवन बर्बाद गरिदियौ, रियासँग माफी माग अब’



सुशान्तलाई लागूऔषध दिने गरेको पुष्टि भएपछि नायिका रिया चक्रवर्ती केही हप्ता अगाडी जेल परेकी थिइन् । केहीदिन अघिमात्र उनलाई मुम्बईको उच्च अदाल जमानत दिएको छ । तर जेलबाट छुटेपनि रियाले अदालतको निर्देशनलाई भने सधैँ पालना गर्नुपर्नेछ ।

रिया जेलबाट छुटेपछि उनका समर्थक र केही बलिउड कलाकारले अदालतको निर्णयलाई सम्मान गर्दै रियाले न्याय पाएको बताइरहेका छन् भने सुशान्तका समर्थक रियाका समर्थकमाथि भड्किरहेका छन् । रियालाई केही बलिउड कलाककारले पनि सपोर्ट गरेका थिए ।
नायिका हुमा कुरेशीले रियाकको समर्थन गर्दै ट्वीट गरेकी छिन् ।

उनले लखेकी छिन्, ‘सबैले रियासँग माफी माग्नुपर्छ । कसले मर्डर थ्योरी फैलाए, यसबारे अनुसन्धान हुनुपर्छ । लाज लाग्नुपर्ने हो कि आफ्नो एजेन्डा पूरा गर्नका लागि एक युवती र परिवारको जीवन  बर्बाद पारियो ।’

सुशान्तका प्रशंसक यतिबेला हुमालाई ट्रोल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्