लोकप्रिय गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ गीत सार्वजनिक (भिडियो)



काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए ।

त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेरु लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय बने भने त्यसका गायक प्रमोद निर्वाण पनि उतिकै चर्चित बन्न सफल भए ,उनै गायक प्रमोद निर्वाणले आफ्नो नयाँ गीत ुदिलको क्यामेराु सार्वजनिक गरेका छन।

आफ्नै शब्द, संगीत र उदयराज पौडेलको एरेन्जमा तयार गीतको भिडियोमार्फत उनले नेपालको मौलिक नेवारी कला संस्कृति दर्शकमाझ पस्किएका छन्। भिडियोमा प्रमोदको साथमा अम्बिका तामाङ र महेश मुखियाको अभिनय रहेको छ । प्रमोद भण्डारीको कोरियोग्राफी, ,निसल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको भिडियोलाइ युवराज वाइबाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्