सेब र एन्जल्स हार्ट फाइनलमा



काठमाडौं । सेब र एन्जल्स हार्ट सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

सेबले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१७ ले पराजित ग¥यो । सेबको जितमा जीवन कार्कीले ९ अंक योगदान गरे । ओजस पुनको ६ अंक सहयोगमा एन्जल्स हार्टले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) २७–२२ ले हरायो ।

सिनियर गल्र्सको थ्री बाइ थ्रीमा भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले स्काइलार्कलाई १९–१२ ले पाखा लगायो । फेरिल्यान्डले नेपाल मोडलमाथि १४–१३ को कठिन जित दर्ता ग¥यो ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा टीआईए र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । टीआईएले भ्याली पब्लिकलाई १५–१४ को साँघुरो अन्तरले निराश पा¥यो । गोल्डेनपिकले पनि कठिन जित निकाल्ने क्रममा एचएचसीए विरुद्ध २०–१९ ले विजयी भयो । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्