जेलबाट छुटिन् रिया, तर पालना गर्नुपर्नेछ अदालतमा यस्ता नियम



सुशान्त सिंह राजपुतलाई ड्रग्स दिएको पुष्टि भएपछि केही हप्तामा जेलमा रहेकी रिया चक्रवर्तीलाई मुम्बईको उच्च न्यायालयले जमानत दिएको छ ।

जमानत भएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमतिको आवश्यकता पर्दछ । यस्तै मुम्बईबाट बाहिर जानु परेमा पनि रियाले प्रशासनको अनुमति लिनुपर्नेछ ।

यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ । यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्