६ महिनापछि सुरु भयो सलमानको ‘राधे’ को छायांकन



लकडाउन सुरु हुनुअघि बलिउड अभिनेता सलमान खान राधे को छायांकनमा थिए । लकडाउन भएसँगै राधे को छायांकन पनि रोकिएको थियो । भारत सरकारले केहीसमय अघि चलचित्रको छायांकनको लागि अनुमति दिएको थियो । तर माहोल अलि सामान्य भएपछि मात्र चलचित्रको काम सुरु गर्ने सोचले सलमानको राधे को छायांकन बल्ल सुरु हुन थालेको छ ।

राधे को छायांकन सुरु भएको सलमानले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले निकै सावधानी अपनाएर, सबैको कोरोना परीक्षण गराएर चलचित्रको छायांकन सुरु गरिएको जानकारी दिएका छन् ।

चलचित्रमा उनीसँगै दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र आगामी बर्षको मे २२ मा रिलिज हुने सलमानले जानकारी दिएका छन् । चलचित्रलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्