मेडिकल साइन्सले सुशान्तको मृत्युलाई आत्महत्या भनेपछि उनको न्यायको माग गर्दै फ्यानले उठाए यस्तो कदम…



 यस्तो बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको करिब ४ महिना पुरा भैसकेको छ । तर अहिलेसम्म उनको मृत्युको मुख्य कारण पत्ता लाग्न सकेको छैन । केहीसमय अघिमात्र सुशान्तका वकिलले उनको आत्महत्या नभएर हत्या भएको दाबी गरेका थिए । उनले यो कुरालाई आफू प्रमाणित गर्न सक्ने समेत बताएका थिए ।

तर हालैमात्र अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले सुशान्तको हत्या नभएर आत्महत्या नै भएको बताएको छ ।

सुशान्तको मृत्युपछि उनकी दिदी श्वेता किर्तिले ट्वीट गर्दै ‘हामीले जित्नेछौं’ लेखेकी छिन् । यी दुई हब्दमार्फत श्वेताले सुशान्तलाई न्याय दिलाउनको लागि जारी लडाइँप्रति विश्वास देखाएकी छिन् ।

श्वेताको यो ट्वीटसँगै ट्वीटरमा सुशान्तको लागि न्यायको आवाज फेरि चर्को रुपमा उठ्न थालेको छ । एम्सको रिपोर्टप्रति फ्यानहरुले असन्तुष्टि जनाउँदै ट्वीट गर्न थालेपछि ह्याशट्याग एम्स र ह्याशट्याग ३०२फरएसएसआरकिलर्स ट्रेण्ड गरिरहेको छ ।

त्यसका साथै सुशान्तका फ्यान धारा ३०२ को पनि माग गरिरहेका छन् । धारा ३०२ अनुसार फाँसीको वा आजीवान कारावासको सजाय उल्लेखित छ ।

प्रतिक्रिया दिनुहोस्