४० बर्षमा करिना, सामाजिक सञ्जालमा भाइरल बन्दै जन्मदिनका तस्बिर



बलिउडकी चर्चित अभिनेत्री करिना कपुर आज आफ्नो ४० औँ जन्मदिन मनाइरहेकी छिन् ।

करिना कपुरले आफ्नो ४० औँ जन्मदिन निकै धुमधामसँग मनाएकी छिन् । उनले आफ्नो जन्मदिन मनाएको तस्बिरहरु सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् । तस्बिरमा उनका पिता, आमा, दिदि करिश्मा कपुर, श्रीमान सैफअली खानलाई एकसाथ देख्न सकिन्छ ।

करिनाले फ्याबुलस बर्थ डे भन्दै तस्बिर सेयर गरेकी छिन् । यतिबेला सामाजिक सञ्जालमा करिनाका जन्मदिनका तस्बिरले चर्चा पाइरहेका छन् । साथै उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्