‘मेरो जीवनमा आधारित फिल्म बन्यो भने त्यसको भिलेन करण जौहर हुनेछन्’ : कगंना रनावत



बलिउड अभिनेत्री कगंना रनावतको करण जौहरसँग सम्बन्ध त्यति राम्रो छैन । धेरै पहिले कफि विथ करण शो मा गएदेखि नै उनीहरुको सम्बन्ध बिग्रिएको थियो । केहीसमय अघि सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा करण जौहर मुछिएपछि कगंनाले उनलाई राम्रै जवाफ दिएकी थिइन् ।

उनले नेपोटिज्मबारे पनि बोलेकी थिइन् । कंगनाले शोको शुरुवातमा नै आफ्नो सफलताका पछाडी करण जौहरको हात रहेको बताएकी थिइन् । उनले शोमा भनेकी थिइन् यदि तपाईंले यस शोमा मेरो नकारात्मक कुरा नगरेको भए, मेरो अंग्रेजीलाई हासो नबनाएको भए सायद म यहाँसम्म पुग्ने थिइन होला ।

कंगनाले करणलाई आफ्नो शब्द अरुको मुखमा जबरजस्ती राख्न खोजेको आरोप लगाएकी थिइन् ।

त्यतिमात्र नभएर कगंनाले कुनैदिन आफ्नो बायोपिकमा फिल्म बन्यो भने त्यसको भिलेन करण जौहर हुने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्