नेपाली सेनामा जागिर खुल्यो



काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

जंगी अड्डाले बिहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेबसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ ।

https://drive.google.com/file/d/1cuJDSaYW2PJ37fWHkALYH1o2DkhN34XY/view

प्रतिक्रिया दिनुहोस्