क्यान्सरको उपचारका लागि दुबई उडे सञ्जय दत्त



बलिउड अभिनेता सञ्जय दत्त केही समयदेखि फोक्सोको क्यान्सरले पिडित छन् । उनलाई उपचारको लागि मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो । हालैमात्र सञ्जय थप उपचारका लागि दुबई उडेका छन् ।

सञ्जय आफ्नी श्रीमती मान्यताका साथ दुबई गएका हुन् । मान्यताले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् ।

सञ्जयले आफूलाई अलि सञ्चो हुन थालेपछि पुनः सुटिङको काम सुरु गरेका थिए । अहिले उनले सुटिङ रोकेर उपचारका लागि दुबई गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्