यी हुन् लकडाउनमा म्यूजिक भिडियोमा चम्किएका १० मोडलहरु…



कोरोनाको त्रास बढ्दै गएपछि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउन भएको ५ महिनापछि अलि खुकुलो गरियो । लकडाउन भएपछि नेपाली चलचित्र क्षेत्र सुनसान भयो । अझै केही समय चलचित्र जगतमा चहलपहल देखिने छाँटकाँट छैन ।

तर लकडाउनको समयमा म्यूजिक भिडियोहरुले भने राम्रो चर्चा बटुलिरहेका छन् । लकडाउन केही खुकुलो भएपछि बजारमा धेरै म्यूजिक भिडियो आइसकेका छन् । लकडाउनको समयमा रिलिज भएका धेरै म्यूजिक भिडियोले चर्चा पाए भने केही नायिका र मोडलहरुले राम्रो चर्चा कमाए । आज हामी लकडाउनमा चर्चा कमाएका मोडलहरुबारे चर्चा गर्नेछौँ ।

पूजा शर्मा

चर्चित र डिमाण्डेड नायिका पूजा शर्मा बेला बेलामा म्यूजिक भिडियोमा देखिने गर्थिन् । हुन त पूजा चलचित्रमा नै यति व्यस्त हुन्छिन् कि उनलाई म्यूजिक भिडियो गर्ने फुर्सद नै हुदैँनथ्यो । तर लकडाउनको समयमा भने उनले केही म्यूजिक भिडियोमा काम गरिन् । जसबाट राम्रो चर्चा पनि कमाइन् । पूजाले अभिनय गरेका गरेका म्यूजिक भिडियो राम्रो भ्यूज पनि बटुले । जसका कारण पूजालाई पनि फाइदा भयो ।

बर्षा राउत

बर्षा राउत अरु समयमा पनि म्यूजिक भिडियोमा देखिरहने अभिनेत्री हुन् । लकडाउनको समयमा पनि उनले खाली बस्नु परेन । लकडाउनको समयमा उनका केही म्यूजिक भिडियो रिलिज भए । जसले राम्रो चर्चा पाए । त्यसका साथसाथै बर्षा विवादमा आएका कारण पनि चर्चामा रहिरहिन् ।

बर्षा सिवाकोटी

बर्षा सिवाकोटीलाई पनि लामो समयसम्म भएको लकडाउनले खासै फरक पारेन । किनकी उनले पनि लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काम सुरु गरिहालिन् । जसका कारण उनीपनि सधैँ चर्चामा नै रहिन् ।

एलिजा गौतम

चलचित्रमा एलिजालाई दर्शकले त्यति पत्याएनन् । तर म्यूजिक भिडियो भने एलिजालाई निकै फापेको छ । यस लकडाउनबिच रिलिज भएका उनका सबै म्यूजिक भिडियो अहिले पनि बजारमा चर्चामा छन् । उनले लकडाउनबिच पल शाह, दुर्गेश थापा, आकाश श्रेष्ठ लगायतका चलेका अभिनेतासँग म्यूजिक भिडियोमा काम गरेका कारण दर्शकको नजरमा धेरै पर्न सफल भइन् ।

आँचल शर्मा

आँचल शर्माले लकडाउनको समय निकै रमाइलोसँग बिताइन् । लकडाउन भएको केही समय परिवार र श्रीमानसँग बिताइन् त्यसपछि लकडाउन खुकुलो भएसँगै निरन्तर म्यूजिक भिडियोमा व्यस्त भइन् । लकडाउनबिच आँचलका पनि केही भिडियो रिलिज भए । जसले राम्र्रै चर्चा पाए । केहीदिन अघि रिलिज भएको उनी अभिनीत लज्जावती झार यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । यसका साथसाथै कन्ट्रोभर्सि र सामाजिक काम गरेका कारण पनि उनी चर्चामा आइरहेकी छिन् ।

रियाशा दाहाल 

लकडाउनमा सबैभन्दा धेरै चर्चा कमाउन सफल मोडल हुन् रियाशा दाहाल । लकडाउन खुकुलो भएपछि सबैभन्दा पहिले रिलिज भएको ए है माया गीतमा उनले पल शाह, सागर लम्साल र सुधिर श्रेष्ठसँग रोमान्स गरेकी थिइन् । यो गीतले यति चर्चा पायो कि अहिले पनि दर्शकको मुखमा यहि गीत मात्र झुण्डिएको छ । त्यसपछि लगातार रियाशाका गीतहरु रिलिज भएका छन् र प्राय गीतले राम्रो सफलता पाइरहेका छन् । आजभोली रियाशालाई म्यूजिक भिडियोबाट एकदिन पनि फुर्सद नै छैन ।

सुनिशा बजगाई

लकडाउनको समयमा चर्चामा आएकी अर्की मोडल सुनिशा बजगाई पनि हुन् । आजकलको लब नामक वेब सिरिजबाट चर्चामा आएकी सुनिशाको लकडाउनमा केही म्यूजिक भिडियो रिलिज भए । जसले राम्रो सफलता पाए । त्यसका साथसाथै आजकलको लबबाट पनि सुनिशाले दर्शकको मायासँग चर्चा धेरै पाइन् ।

अञ्जली अधिकारी

सदावहार चर्चित र व्यस्त मोडलको रुपमा चिनिन्छिन् आजभोली अञ्जली अधिकारी । अरुबेला पनि उनलाई म्यूजिक भिडियोबाट फुर्सद हुदैँनथ्यो । लकडाउन खुकुलो भएसँगै अञ्जली पनि म्यूजिक भिडियोमा धेरै नै व्यस्त भइन् । लकडाउनको समयमा नै रिलिज भएको अञ्जली अभिनीत सोचे झैँ जीन्दगी रैनछ बोलको गीतले अत्याधिक चर्चा पायो । जसले अञ्जलीलाई पनि फाइदा भएको छ ।

आश्मा विश्वकर्मा

आश्मा विश्वकर्मा आफ्नो नृत्यको कारण धेरै दर्शकको मनमा बस्न सफल छिन् । पछिल्लो समयकी उनी पनि डिमाण्डेड मोडल हुन् । लकडाउनको समयमा आश्माको धेरै गीत रिलिज भए र राम्रो चर्चा पनि कमाए । आश्माले लकडाउनको सयममा कमाइ पनि राम्रो गरिन् ।

प्रिज्मा–प्रिन्सी खतिवडा

टिकटकबाट चर्चामा आएका प्रिज्मा र प्रिन्सी खतिवडाको डिमाण्ड बजारमा पछिल्लो समयमा धेरै छ । लकडाउन खुकुलो भएसँगै यी जुम्ल्याहा दिदीबहिनीले केही गीतमा काम गरे । यिनले काम गरेका सबै गीतले राम्रो चर्चा कमाए । हुन त त्यसैपनि अरुबेला पनि सामाजिक सञ्जालमा चर्चामा नै रहने गर्छन् प्रिज्मा र प्रिन्सी । तर लकडाउनमा पनि यिनले कामबिहिन भने हुनु परेन ।

प्रतिक्रिया दिनुहोस्