मनसिह धामी र बुवाको जिम्मेवारी !



एच ए पढेका बर्दिया निकुञ्ज नजिक ठाकुरद्वारमा रहेको एक क्याफेमा भेटिएका पलाता–७गडबाली कालिकोट युवा नेता अनेरास्ववियु का उपत्यका कमिटी अध्यक्षका मनसिह धामीले सुनाए, ‘कालिकोट सरकारी विद्यालय पढेर त्यही विद्यालय पढ्न पनि २ घन्टा हिंड्नु पर्ने बाध्यता उनी काठमाडौको लर्ड बुद्ध कलेजमा एच ए अध्ययन पूरा गरे। ओजेटी सहित जोड्ने हो भने ३६ महिनामा एच ए सकें ।’ यो संवत् २०६९-७२ को कुरा हो ।

त्यसपछि ?
अध्यक्ष मनसिह धामीले अध्ययनबारे बेलिविस्तार लगाए, ‘एचएको पहिलो वर्षमा आईएस्सीमा जे पढ्नुपर्थ्यो, त्यही पढ्नुपर्दो रहेछ । दोस्रो र तेस्रो वर्षमा चिरफार, बायोलोजी लगायत पढाइ जोडिँदै जान्छ ।’ एचएमा नाम निकाल्न पनि त्यति सजिलो थिएन । तर, मिहिनेत खेर गएन । यो ०७२/७३/७४को कुरा हो ।

अनि ?
‘एमबीबीएस पढ्ने लक्ष्य थियो । एमबीबीएस पढ्न दुईपटक प्रवेश परीक्षा दिएँ । पाटन र भरतपुर मेडिकल कलेजमा शुल्क तिरेर पढ्न सक्ने अवस्था थिएन,’ उनले थपे, ‘छात्रवृत्ति कोटामा प्रवेश परीक्षा दिएको थिएँ । तर असफल भएँ ।’

छोरालाई मेडिकल डाक्टर बनाउने बुवाको सपना थियो । सपना चाहिँ बुवाको मात्रै थियो कि आफ्नो पनि ? ‘मेरो पनि थियो,’ उनले वास्तविकता बताए, ‘अभिरुचि भएरै पढेको हुँ । दुवैको सपना फुलाउन सक्छु कि सक्दिनँ भन्ने चिन्ता होइन, चिन्तन गर्न छाडेको थिइनँ । बुवाका लगानी अथाह थियो । बुवाको लगानी फर्काउन मैले पनि मिहिनेत नगरेको होइन । त्यतिबेला १० लाख वरिपरि खर्च भयो ।’

‘एमबीबीएस प्रवेश परीक्षा तयारी गर्दा कठोर मिहिनेत गरेकै हो । राति धेरै समय पढ्न सकियोस्, निद्रा नलागोस् भनेर पराग खान्थें,’ उनले अतीत सुनाए, ‘राति पढ्न बसेपछि नसुतिन्जेल ५/६ वटा पराग सक्थें । कुनै पराग एक रुपैयाँ पर्थ्यो । कुनैका पाँच रुपैयाँ । दुवै मिलाएर खान्थें ।’ कहिलेकाहीं पढ्दापढ्दै उज्यालो भएको पत्तो हुँदैनथ्यो ।

एमबीबीएस प्रवेश परीक्षासँगै उनले लोकसेवा परीक्षा तयारी गर्दै गए । लोकसेवामा वैकल्पिकसम्ममा नाम निकाले । ‘मेडिकल डाक्टर बन्न नसके सरकारी जागिर खानु भन्ने बुवाको सुझाव थियो,’ उनले नढाँटी भने, ‘बुवाको दुवै सपना साकार पार्न सकिनँ ।’ उनीसँगै एचए पढेका समकक्षीमध्ये कोही काठमाडौंको जागिर खाइरहेका छन् । कोहि स्थायी जागिरे भइसके । कोहि ब्यापारतिर कोहि थप अध्ययनका लागि अस्ट्रेलिया छन् । कतिपय करारमै कार्यरत छन् ।

दुवैतिर असफल भएपछि काठमाडौंको र घण्टाघर स्थित रहेको त्रिचन्द्र क्याम्पसमा स्नातक राजनीतिक शास्त्रमा नाम लेखाए । अध्ययनसँगै पहिले एच ए पढ्दा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भएर प्रा.क. सदस्यदेखि अध्यक्ष सम्म भए ।

‘राजनीतिक चेतना भए पनि राजनीतितिर लाग्नु भन्ने पारिवारिक सल्लाह थिएन । म आफैं राजनीतिमा लागें,’ ‘वेल एजुकेटेड’ मनसिह धामिको भनाइ छ, ‘अध्ययनसँगै राजनीतिमा जोडिएँ । त्यहाँदेखि अहिलेसम्म राजनीतिक यात्रा धर्मराएको छैन । उनी अनेरास्ववियु सिटिइभिटी उपत्यका कमिटि अध्यक्ष छन् । अहिले गाउँको बुवाले गरेको काम र समाजसेवा राजनीतिक मेरै काँधमा आएको बताउँछन् ।

पढेपछि जागिर खानैपर्छ भन्ने नहुँदोरहेछ । एचएमात्रै अध्ययन पूरा गरेनन्, दुई–दुई विषयमा स्नात्क तहको अध्ययन पार लगाए । राजनीति गर्ने मानिस पढेलेखेका हुँदैनन् भन्नेको मुख उनले बुझो लगाइदिएका छन् ।

राजनीतिमा नलागेका भए उनी हिजोआज कुनै अस्पतालमा एचएको भूमिका देखिन्थे । महिनैपिच्छे आकर्षक पारिश्रमिक थाप्थे । त्यतिमात्रै कहाँ हो ? समाजशास्त्र र राजनीतिशास्त्रका विद्यार्थीलाई ‘लेक्चर’ दिइरहेका हुन्थे । तर, उनी सबै–सबै त्यागेर राजनीतिक दौडको लामो यात्रामा निस्केका छन् । यात्रीलाई यात्राबारे जानकारी छँदैछ । यात्रा सुखद, अर्थपूर्ण बनाउन उनी लागिपरेकै छन !

प्रतिक्रिया दिनुहोस्