राष्ट्रपति पौडेल र कतारी अमिरबीच भेटवार्ता



काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शीतल निवास पुगेका छन् ।

आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्