नेपोटिज्मकै कारण हिट भएको भन्नेलाई करिनाको जवाफ, ‘बलिउडमा मेरो २१ बर्षको यात्रा नेपोटिज्मको कारण मात्र सम्भव थिएन’



सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे चर्कै बहस हुन थाल्यो । जुन अहिलेसम्म कायम नै छ । धेरैले सुशान्तले बलिउडमा हुने गरेको नेपोटिज्मका कारण सुसाइड गरेको हल्लाहरु बहिर आएपछि बलिउडम नेपोटिज्मबारे चर्चा चल्न थालेको हो ।

पछिल्लो समयमा बलिउडमा नेपोटिज्मकै कारण संघर्ष गरेर आएका नयाँ कलाकारले आफ्नो ट्यालेन्ट देखाउन मौका पाइरहेका छैनन् । आलिया भट्ट, वरुण धवन, करिना कपुर, श्रद्धा कपुर, टाइगर श्राफ, अनन्या पाण्डे, सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकार नेपोटिज्मका उदाहरणहरु हुन् ।

तर सुशान्तको केशमा भने करन जोहर, करिना कपुर र आलिया भट्ट विवादमा मुछिएका छन् । आलिया र करिनालाई धेरैले करनको प्रोडक्ट भन्ने गरेका छन् । जुन केही हदसम्म साँचो नै हो । यसबारे करिनाले पहिलो पटक मुख खोलेकी छिन् ।

उनले आफू फिल्मी ब्याकग्राउण्डबाट इन्डष्ट्रिमा पक्कै पनि आएको तर नेपोटिज्मकै कारण भने यहाँसम्म नपुगेको बताएकी छिन् । उनले बलिउडमा आफ्नो स्थान बनाउन आफूले निकै नै मेहेनत गरेको बताएकी छिन् ।

उनले भनेकी छिन्, हो मेरो अरुको जस्तो खल्तीमा १० रुपैयाँ नभएर ट्रेनमा काम गरेर फिल्म क्षेत्रमा आएको कहानी छैन । तर बलिउडमा आफ्नो स्थान बनाउन मैले पनि संघर्ष धेरै नै गरेकी छुँ । २१ बर्षको मेरो करियर नेपोटिज्मकै कारण भने चलेको होइन । उनले नेपोटिज्मको कारण नभएर दर्शकको माया र साथका कारण आफूले यो नाम कमाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्