आज अभिनेता आर्यन सिग्देलको जन्मदिन, शुभकामना दिनेको ओइरो



२१ साउन २०७७, काठमाडौँ

आर्यन सिग्देल कुनै समयका सर्वाधिक चर्चित अभिनेता हुन् । एक जमानामा आर्यनको नामले मात्र चलचित्र हिट हुने गर्थे । उनको चकलेटी लुक्सको फ्यान आजपनि लाखौँको संख्यामा रहेका छन् ।

उमेरले आजबाट ३६ लागेका आर्यन हेर्दा भने भर्खरको २१–२२ बर्षको केटाजस्तो देखिन्छन् । पहिलेजस्तो अहिले चलचित्र क्षेत्रमा उनको व्यस्तता देखिदैँन । तर उनले चलचित्र क्षेत्रलाई चटक्कै छाडेका पनि छैनन् । केहीदिन अघिमात्र पनि आर्यनले नयाँ चलचित्र साइन गरेका छन् ।

आर्यनले चलचित्र जगतमा छोटो समयमा नै निकै प्रगति गर्न सफल भएका थिए । त्यो सफलता अझै कायम नै छ । आर्यनले किस्मतदेखि च च हुई सम्म आइपुग्दा कसले चोर्यो मेरो मन, नोभेम्बर रेन, मेरो एउटा साथी छ, सपना, होमवर्क जस्ता सम्झन लायक र सफल चलचित्रमा काम गरेका छन् ।

आज उनको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि आर्यनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्