एउटै गीतबाट चर्चा कमाउन सफल ‘चौतारीको बर’ गायिकाको यस्तो रहेछ संघर्षको कथा…(भिडियो सहित)



१९ साउन २०७७, काठमाडौँ

चौतारीको बर दर्शकले सर्वाधिक रुचाएको गीत हो । नकुल ढकालको शब्द र बसन्त थापाको संगीत रहेको गीतमा विक्रम परियार र सुमित्रा तामाङको आवाज रहेको छ ।

उक्त गीतबाट आफ्नो पहिचान बनाउन सफल गायिका सुमित्रा तामाङ विगत ४ बर्षदेखि सांगितीक जगतमा आफूलाई स्थापित गराउन मेहेनत गरिरहेकी छिन् । उनले चौतारीको बर भन्दा पहिले पनि केही गीत गाएकी थिइन् । तर उनले सोचेजति सफलता भने पाउन सकेकी थिइनन् । चौतारीको बर बाट भने सुमित्राले दर्शकबाट नसोचेको माया पाइन् ।

सुमित्रालाई सुरु सुरुमा यस क्षेत्रमा लाग्नको लागि परिवारको साथ थिएन । पढाइको लागि भनेर काठमाडौँ आएकी सुमित्राले घरपरिवारलाई ढाटेर रोधीघरमा गीत गाउन थालिन् । त्यहीँबाट नै उनलाई गीत रेकर्डिङ गराउने अफर आएको थियो । सुमित्राले धेरै नै संघर्ष गरेर आज यो स्थानसम्म आइपुगेकी हुन् ।

थप जानकारीका लागि सुमित्रासँगको रमाइलो अन्तवार्ता हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्