‘भुवन केसीले ममाथि दुव्र्यवहार गर्नुभएको हो, आफू विरुद्ध लागेको मुद्धा डटेर लड्छु’ : साम्राज्ञी



१९ साउन २०७७, काठमाडौँ

नायिका साम्राज्ञीले आफूमाथि लागेको मुद्धा डटेर लड्ने बताएकी छिन् । हालै एक पत्रिकालाई दिएको अन्तवार्तामा साम्राज्ञीले भुवन केसीले आफूलाई दुव्र्यवहार गरेकाले आफू नडराउने बताएकी छिन् ।

उनले जित सधैँ नै सत्यको नै हुने भएकाले आफू नआत्तिएको पनि बताएकी छिन् । उनले भनेकी छिन्, म माथि दुव्र्यवहार भएको थियो तर मैले मुद्धा हाल्नुपर्ने ठाउँमा उहाँले मलाई मुद्धा हाल्नुभएको छ तर म डराएकी छैन । उहाँले ममाथि मात्र नभएर यस्ता नचाहिदाँ काम गरेर मेरो मामुप्रति पनि दुव्र्यवहार गरिरहनु भएको छ ।

साम्राज्ञीले ड्रिम्स मा काम गर्दाको आफ्नो अनुभव समेत सुनाउन भ्याइन् । उनले छायांकनको क्रममा पोखरामा रहदाँ एकपटक राति सुतिरहको बेला आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् । उनले राति सुतिरहेको बेला एकजना मानिस आएर उनको पेटमा हात लगेर सुम्सुमाएको र आफूले कराएपछि हत्तपत्त त्यो मान्छे झ्यालबाट भागेको बताएकी छिन् ।

उनले त्यस समयमा आफ्नो कुरामा खासै कसैले पनि ध्यान समेत नदिएको बताइन् । उनले त्यो रात अनमोलको काकी त्यो फिल्मकी आमा रोल खेल्ने दिदीले आफ्नो रुममा लगेर सुताएको बताएकी छन् ।  ‘विहान म उठे मलाई विलिभ नै भइराखेको थिएन की मलाई त्यस्तो भइरहेको छ भन्ने कुरा देखेर । म रोइरहेको थिए , म कामिरहेको थिए । म रोएको बेला मेकअफ आर्टिष्टले मेकअप गर्यो तर म सपनामा छु जस्तै लागिरहेको थियो त्यो बेलासम्म नी , उनले भनिन् । ’

प्रतिक्रिया दिनुहोस्