यी ५ चर्चित मोडल, जो पुरुषबाट बनेका थिए महिला…



१७ साउन २०७७, काठमाडौँ

हाम्रो देशमा पहिले समलिङ्गीहरुलाई हेर्ने नजर बिल्कुलै राम्रो थिएन । उनीहरुसँग बोल्न, हिड्न मानिसहरु घिनाउने गर्थे । तर अहिले समय फेरिएको छ । अहिले समाजले समलिङ्गीहरुलाई उनीहरुले पाउने जति इज्जत दिन थालेको छ र मानिसले पनि राम्रो व्यवहार गर्न थालेका छन् ।

हुन पनि समलिङ्गीहरु पनि हामी जस्तै नै हुन् । उनीहरुको पनि त स्वतन्त्र रुपले बाँच्ने अधिकार छ । अहिले नेपाल, भारत लगायत देशमा समलिङ्गीहरु राम्रो स्थानमा पुग्न सफल भएका छन् ।

आज हामी केटाबाट केटीको रुपमा परिणत भएका केही चर्चित मोडलहरुबारे यहाँ चर्चा गर्नेछौँ ।

बबी डार्लिङ :

बबी डार्लिङ बलिउडकी चर्चित मोडल हुन् । उनी वास्तवमा पहिले केटा थिइन् र उनको वास्तविक नाम पनि पंकज शर्मा हो । तर जेन्डर परिवर्तन गरेसँगै उनले नाम पनि परिवर्तन गरिन् । उनले ‘क्या कुल है हम’, ‘पेज ३’, ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

शिनाता सांघा :

ब्रिटिस इन्डियन मोडल शिनाता सांघाले पनि लिङ्ग परिवर्तन गराएकी हुन् । उनी दक्षिण एसियाकी चर्चित ट्रान्सजेन्डर मोडल हुन् । ट्रान्सजेन्डर कम्युनिटीद्वारा आह्वान गरिएको ब्युटी पेजेन्ट्समा समेत उनले भाग लिइसकेकी छिन् । उनी मिस ग्ल्यामर क्वीन युनाइटेड किङडम पनि बनिसकेकी छिन् ।

निक्की चावला :

निक्कीले पनि केटाको रुपमा नै जन्म लिएकी हुन् । तर सानैदेखि उनको व्यवहार र लुगा लगाउने तरिका केटीको थियो । तर उनको परिवार निकै कडा भएकाले उनले आफूलाई केटी बनाउन सकेकी थिइनन् । अन्ततः निक्की सन् २००९ मा परिवारको विरुद्ध गएर आफ्नो जेन्डर परिवर्तन गरेरै छोडिन् । अहिले उनले बलिउडमा राम्रो चर्चा कमाएकी छिन् ।

अन्जली लामा :

अन्जली लामा चर्चित नेपाली मोडल हुन् । नेपालको नुवाकोट जिल्लामा जन्मिएकी अन्जली जन्मदाँ नबिन वाइबाको नामले चिनिएकी थिइन् । शल्यक्रियाको मार्फत उनले आफूलाई नबिनबाट अन्जली बनाएकी हुन् । उनले पनि परिवारको विरुद्ध गएर नै जेन्डर परिवर्तन गरेकी हुन् ।

गौरी अरोडा :

हाल बलिउडमा गौरी अरोडाको नामले चिनिएकी मोडल जेन्डर परिवर्तन गर्नुअघि गौरव अरोडा थिइन् । गौरव निकै ह्याण्डसम युवक थिए । तर गौरी बनेपछि पनि उनी निकै सुन्दर युवती बनिन् । एक अन्तवार्तामा उनले आफूलाई बच्चा बेलादेखि नै केटी हुन मन पराउने बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्