विस्तारै खुल्दै सुशान्तको आत्महत्याको रहस्य…



०७ साउन २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको कारण बिस्तारै अगाडी आउँदै छ । उनको निधन हुने बित्तिकै धेरैले सुशान्तले बलिउडमा हुने नेपोटिज्मको कारण आत्महत्या गरेको बताएका थिए ।

यसैबिच सुशान्तको आत्महत्याको नयाँ रहस्य खुलेको छ । सुशान्तले लामो समयदेखि डिप्रेशनको औषधी खाइरहेका थिए । तर सुशान्तको डाक्टरले बताए अनुसार उनले उनको स्वास्थ्यमा सुधार आइरहेकाले उनले केही दिनदेखि औषधी खान छोडेका थिए ।

सुशान्तका नजिकका साथीहरुले बताएअनुसार सुशान्तको निधनको केहीसमय अघि उनकी पूर्व म्यानेजर दिशा सालियानले पनि आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याले सुशान्तलाई निकै नै दुखी बनाएको थियो ।

सुशान्तका कर्मचारी र घनिष्ठ मित्रहरूका अनुसार नकारात्मक समाचारले उनलाई अत्यन्त नराम्रो प्रभाव पारेको थियो । सुशान्तको केसमा केहि हप्तादेखि भारतिय प्रहरीले अनुसन्धानका साथै कलाकारहरुसँग बयान लिइरहेको छ । सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्टसँग प्रहरीले सोधपुछ गरीरहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्