बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना



२८ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । यो कुराको जानकारी स्वयम अमिताभले आफ्नो ट्वीटर मार्फत दिएका छन् ।

उनले कोरोना पोजेटिभ देखिएपछि यतिबेला मुम्बईको नानावाती अस्पतालमा आफू भर्ना भएको बताएका छन् । अमिताभले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि परिवारको पनि चेक गराएको तर रिपोर्ट आउन बाकि रहेको बताएका छन् ।

साथै उनले पछिल्लो १० दिनमा आफूसँग सम्पर्कमा आएका सम्पूर्णलाई कोरोना टेष्ट गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्