पुनः पर्दामा एकसाथ अनमोल र उपासना



२५ असार २०७७, काठमाडौँ

नायिका उपासना सिंह ठकुरीले क्याप्टेन मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । पहिलो चलचित्रमा नै उनले निकै सफलता पाइन् । साथै अनमोल र उनको जोडीलाई पनि दर्शकले औधी रुचाए ।

क्याप्टेनपछि उपासनाले कबड्डी कबड्डी कबड्डी मा काम गरिन् । उनले त्यस चलचित्रबाट पनि दर्शकको निकै माया पाइन् । अहिले उनले कुनै चलचित्र साइन गरेकी छैनन् । उपासनाले अब आफ्नो पढाई पुरा गरेर मात्र चलचित्रमा आउने निर्णय गरेकी छन् ।

तर दर्शकले एकपटक पुनः उपासना र अनमोलको जोडीलाई सानो पर्दामा भने देख्ने भएका छन् । यी दुईले एक विज्ञापनमा एकसाथ काम गरेका छन् । विज्ञापनमा एकसाथ देखिँदा अनमोल र उपासना उत्साहित देखिएका छन् । दुवैले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

विज्ञापनमै भए पनि अनमोल र उपासनालाई एकसाथ हेर्ने दर्शकको चाहना पूरा भएको छ । तर पर्दामा एकसाथ फेरि पनि अनमोल र उपासनालाई हेर्ने दर्शकको चाहना कहिले पूरा हुने हो, यो भने पक्का छैन ।

प्रतिक्रिया दिनुहोस्