म्यूजिक भिडियोमा व्यस्त पल, पारिश्रमिकमा गरिदिए २५ प्रतिशत छुट



२२ असार २०७७, काठमाडौँ

अभिनेता पल शाह नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता हुन् । कोरोनाका कारण लामो सयमसम्म भएको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रको सबै काम रोकिएका छन् । तर लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काम भने सुरु भैसकेको छ ।

यतिबेला पल शाह म्यूजिक भिडियोमा निकै व्यस्त छन् । उनले करिब डेढ दर्जन जति भिडियोमा काम गर्ने सहमति भैसकेको छ । त्यसका कारण पनि उनी अहिले फुर्सदमा छैनन् ।

तर पलले आफ्नो पारिश्रमिक भने घटाएको बताएका छन् । उनले पहिले लिइरहेको पारिश्रमिकमा २५ प्रतिशत जति आफूले छुट गरिदिएकोे बताएका छन् । सामाजिक दुरी कायम गरेर काम गरिरहेकाले पनि सहज भएको पलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्