‘प्रेमगीत ३’ टिमको कोरोना रिपोर्ट नेगेटिभ



१७ असार २०७७, काठमाडौँ

चलचित्र प्रेमगीत ३ टिमले लकडाउनको समयमा विभिन्न क्षेत्रमा गएर कोरोनाबाट समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । अहिले जताततै कोरोना तिव्र रुपमा फैलिरहेकाले प्रेमगीत ३ टिमले कोरोना टेस्ट गराएका छन् ।

अभिनेता प्रदिप खड्का, निर्माता तथा निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता चक्र बहादुर चन्दले आरडिटी टेस्ट गराएका थिए । उनीहरु ३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न कोरोना संक्रमित क्षेत्रहरुमा गएर कार्यक्रमहरु सञ्चालन गरेको र कोरोनाको आशंकामा आरडीटी टेस्ट गरिएको निर्मातारनिर्देशक सन्तोष सेनले जानकारी गराएका थिए । यसैबिच सन्तोष सेनले नयाँ चलचित्र बनाउने तयारी गरिरहेका छन् । चलचित्र कमेडी र लब स्टोरी जनरामा आधारित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्