सुशान्तको पोष्टमार्टमको अन्तिम रिपोर्ट सार्वजनिक, मृत्युको कारण फासीँ लाग्नु



११ असार २०७७, काठमाडौँ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जुन १४ मा सुसाइड गरेका थिए । आत्महत्यापछि उनको पोष्टमार्टम गरिएको थियो । उनको पोष्टमार्टमको अन्तिम रिपोर्ट आएको छ ।

सुशान्तको नजिकका इष्टमित्र र उनको परिवारले सुशान्तको हत्याको आशंका गरेका थिए । तर पोष्टमार्टमको रिपोर्टमा उनको फासी लगाएका कारण नै उनको सास रोकिएको बताइएको छ ।

सुशान्तको मृत्युको विषयमा परिवार, साथी, निकट व्यक्ति लगायत गरी प्रहरीले २३जना व्यक्तिको बयान लिएको छ । यसराज फिल्म्स समेत यस केसमा तानिएको छ । अझै पनि सुशान्तको डाक्टरको बयान भने लिन बाकी रहेको छ । सुशान्तको मृत्युको विषयमा दावीका ससाथ बोल्ने संचार माध्यमको समेत जाच गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्