प्रियंकाको आग्रह : ‘बर्षाले माफी मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’



१२ जेठ २०७७, काठमाडौँ

बर्षा राउत यतिबेला सामाजिक सञ्जालमा निकै आलोचित भएकी छिन् । आइभ अन्तवार्ताको क्रममा बोलेका केही शब्दका कारण उनी विवादमा तानिएकी हुन् । चौतर्फी विवाद भएपछि बर्षाले फेसबुकमा लामो स्टाटस लेख्दै माफी पनि मागिन् ।

अझै पनि केही दर्शकहरु उनलाई गाली गरिरहेका नै छन् । यसैबिच बर्षाको समर्थनमा अर्की नायिका अगाडी आएकी छिन् । बर्षासँग निकै नजिक नायिका प्रियंका कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बर्षाको साथ दिएकी छिन् ।

उनले बर्षाले बोल्ने क्रममा केही शब्दको चयन गलत भएको तर अहिले बर्षाले आफ्नो गल्ती स्वीकारेर माफी मागेपछि हामीले पनि माफी दिन आवश्यक रहेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’

नायिका कार्कीले गल्ती सबैबाट हुने भन्दै वर्षाले देशको माया नै नभएर यस्तो नबोलेको पनि बताएकी छन् । उनले, यो समयमा वर्षालाई सुझाव दिन, थाहा नभएको कुरा सिकाइदिन पनि अपिल गरेकी छिन् ।

प्रियंका अन्त्यमा लेख्छिन्–‘उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ रु हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’

प्रतिक्रिया दिनुहोस्