भारतीय मिडियालाई बर्षाको जवाफ, ‘श्रम बेच्न सकिन्छ, आमा होइन’



०९ जेठ २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालभरि मनिषा कोइराला छाएकी छिन् । उनले नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय मिडिया उनीमाथि खनिएको छ । भारतीय मिडियाले मनिषालाई तल्लो स्तरमा गाली गरिरहेको छ ।

आफ्नो देशको चेलीलाई कसैले त्यसरी गाली गरेपछि नेपालीहरु चुप लागेर बस्ने त सवाल नै आउँदैन । त्यसैकारण नै पुरा नेपाल नै मनिषाको समर्थनमा उर्लिएको छ । नेपाली कलाकारहरुले पनि मनिषाको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छन् ।

नायिका बर्षा राउतले पनि मनिषाको सम्मान गर्दै फेसबुमा स्टाटस लेखेकी छिन् । नायिका वर्षा राउतले, पसिना बेचेपनि आमालाई बेच्न नसकिने बताएकी छिन् । वर्षाले भनेकी छिन्–‘पसिना बेच्न सकिन्छ, आमा होइन । मनिषा कोइराला दिदीले आफ्नो आमामाथि हस्तक्षेप सहनु भएन, यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमीको सम्मानमा उभिनु भयो ।’ उनले, आफ्नो मातृभूमी र स्वाभिमानप्रतिको हस्तक्षेप कदापी स्विकार्य नभएको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्