‘सबैबाट मान्यता प्राप्त सिमानासहितको नक्शा चाहियो’ : करिश्मा मानन्धर



०६ जेठ २०७७, काठमाडौँ

केहीदिन यता नेपालमा भारतले सिमाना मिचेको बिषयमा चर्चा भैरहेको छ । यसैबिच हालै सामाजिक सञ्जालमा लिपुलेकलाई समेत समेटेको नयाँ नक्सा सार्वजनिक भएपछि यसबारे विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

यसबारे कलाकारले पनि आफ्नो धारणा व्यक्त गरिरहेका छन् । नायिका करिश्मा मानन्धरले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे आफ्नो विचार राखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौ, भाइचाराको कुरा गर्छौ । तर, छिमेकी जस्को थिचोमिचोमा हामी दशकौदेखि परिरहेका छौ, ती छिमेकीसँग सिमानाबारे स्पष्ट कुरा नगरी कसरी मुलुकको नक्शा सार्वजनिक गर्छौ रु के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याएको हो रु’

करिश्माले के फेरि अर्को पुस्ताले यो नक्सा देखाउँदै छिमेकीसँगको विवाद गरेरै जीवन गुजार्ने भन्दै प्रश्न पनि गरेकी छिन् । उनले, सबैबाट मान्यता प्राप्त सिमाना सहितको नक्शा नेपालीलाई चाहिएको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्