‘ह्याप्पी बर्थ डे’ एक्सन किंग निखिल….



०२ जेठ २०७७, काठमाडौँ

निखिल उप्रेती, नेपाली चलचित्र जगतको एउटा प्रिय नाम । उनलाई नचिन्ने वा भनौँ उनलाई मन नपराउने नेपाली दर्शक सायदै छैनन् । कुनै समयमा नेपाली सिनेमामा एकछत्र राज गरेका निखिल आज पनि उत्तिकै दर्शकका लागि प्रिय छन्, जति उनी पहिले थिए ।

बच्चादेखि बुढासम्मको उमेरसमूहलाई सोध्ने हो भने अहिले पनि मनपर्ने अभिनेताको नाममा निखिलको नाम अगाडी आउँछ होला । नेपाली चलचित्र जगतमा उनलाई एक्सन किंगको रुपमा पनि चिनिन्छ । किनकी नेपाली सिनेमामा एक्सन उनले नै ल्याएको मान्ने गरिन्छ ।

एक जमानाले हलमा प्राय निखिलकै सिनेमा रिलिज हुन्थ्यो । चलचित्र जगतमा एकछत्र राज गरेका निखिलले धेरै नै हिट फिल्महरु दिएका छन् । पहिले जस्तो धेरै मात्रामा चलचित्र उनले अहिले गरेका छैनन् । तर उनी चलचित्र क्षेत्रबाट टाढा समेत भएका छैनन् ।

आज उनै अभिनेता निखिल उप्रेतीको जन्मदिन हो । निखिललाई आफ्नो जन्मदिन प्राय सामान्य तरिकाले नै मनाउन मनपर्छ । जसका कारण यसपटक पनि उनले आफ्नो जन्मदिन सामान्य तरिकाले नै मनाउने भएका छन् । आज उनको जन्मदिन भएकाले चलचित्रकर्मी तथा दर्शकले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि निखिललाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्