बन्दी प्रत्यक्षीकरणबाट छुटे-ज्ञानेन्द्र



१६ वैशाख २०७७, काठमाडौं

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले मंगलबार (आज) एक आदेश दिँदै शाहीलाई छाड्न आदेश दिएको हो । केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्