प्रदेश १ : ६ हजार हाराहारीमा कोरोना परीक्षण



१६ बैशाख २०७७, विराटनगर

प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार ९२ जना पुगेको छ ।

प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्